काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ। छलफलका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। स्रोतका अनुसार बाबुराम र उपेन्द्र १ घण्टाभन्दा बढी छलफल गरेर बूढानीलकण्ठबाट बाहिरिएका छन्।
देउवाका अलवा सो छलफलमा कांग्रेसका अन्य नेताहरु अन्य को थिए सहभागी थिए भन्ने जानकारी आइसकेको छैन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ। छलफलका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार बाबुराम र उपेन्द्र १ घण्टाभन्दा बढी छलफल गरेर बूढानीलकण्ठबाट बाहिरिएका छन्।
देउवाका अलवा सो छलफलमा कांग्रेसका अन्य नेताहरु अन्य को थिए सहभागी थिए भन्ने जानकारी आइसकेको छैन। जसपाभित्र ओली नेतृत्वको सरकारमा सहभागी हुने वा एमालेइतर दलको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भन्ने विषयमा मतान्तर कायमै छ। अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीलाई साथ दिएर अघि बढ्ने पक्षमा छन् भने अध्यक्ष यादव र भट्टराई ओलीको विकल्प तत्काल खोज्नु पर्ने अडानमा छन्।



लोकपाटी न्यूज

