भारत । कर्नाटकका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । दक्षिणपश्चिमी राज्य कर्नाटकका १ सय ११ वर्षीय धर्मगुरुका उपचारका क्रममा निधन भएका हो ।
सन्त शिवकुमारको विगत दुई हप्तादेखि कर्नाटकको राजधानी बेङ्गलोरको एक अस्पतालमा उनकोे उपचार भइरहेको थियो । फोक्सोमा भएको संक्रमणको उपचार सफल हुन नसकेपछि मङ्गलबार ११ः४५ मा उनको निधन भएको हो । उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित थिए ।
शिवकुमार स्वामीका लाखौंको सङ्ख्यामा प्रवर्तक रहेका छन् । उनका समर्थक उनलाई ‘पृथ्वीमा भएका भगवान’का रुपमा व्याख्या गर्दथे । उनीहरु आफ्नो जीवनमा स्वामीकै कारण धेरै परिवर्तन र सकारात्मक प्रभाव परेको बताउँछन्।
प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारतका शिर्ष नेताहरुले बेला बेलामा उनलाई भेटेर आशिर्वाद लिने गरेका थिए । उनको निधनको खबर पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत शोक सन्देश व्यक्त गरेका छन् ।
I have had the privilege to visit the Sree Siddaganga Mutt and receive the blessings of His Holiness Dr. Sree Sree Sree Sivakumara Swamigalu.
The wide range of community service initiatives being done there are outstanding and are at an unimaginably large scale. pic.twitter.com/wsmRp2cERd
— Narendra Modi (@narendramodi) January 21, 2019



लाेकपाटी न्यूज

