रुपन्देहीमा पनि एमाले विभाजित, कुन समूहमा को ?

Nepal_Khanal
लोकपाटी न्यूज

तिलोत्तमा। नेकपा एमालेको खनाल-नेपाल समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ। मङ्गलवार एमाले उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आयोजित एक कार्यक्रममार्फत राजु गुरुङको अध्यक्षतामा रुपन्देहीमा कमिटी घोषणा गरिएको हो।

२ सय ५ सदस्यीय समानान्तर कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ। क्षेत्रीय कमिटी, पालिकास्तरमा गठन गर्ने तयारी भइरहेको उपसचिवमा सिद्धिचरण भट्टराईले बताए।

यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ। देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणा गर्दै अघि बढेको छ। यो समूहले मंगलबारसम्म ६९ जिल्लामा समानान्तर कमिटी निर्माण गरेको छ।

समानान्तर कमिटीमा रहेका नेताहरूलाई अध्यक्ष केपी ओली पक्षले कारबाही गर्दै आएको छ। रुपन्देहीका ओली पक्षका शिव सुवेदी जिल्ला अध्यक्ष छन्। सुवेदी बुटवल उपमहानगरका मेयर समेत हुन्।