काङ्ग्रेस वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

Ramchandra poudel
लोकपाटी न्यूज

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ। उनका माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो।

व्यास नगरपालिकाको २९ औं पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन गएका छन्। उनले सामाजिक सञ्जालमार्फत भाइको निधनले आपूm एक्लो भएको उल्लेख गरेका छन्। “नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए। राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लोे महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गरेका छन्।

पौडेलको निधनप्रति नेपाली कांग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। स्व पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाई र कान्ता हुमागाईं छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्