काठमाडौं, ८ माघ । संसदीय सुनुवाइ विशेष समितिले क्यानडा, कुवेत र स्वीजरल्याण्डको लागि राजदूत अनुमोदन गरेको छ ।
समितिको मंगलबार बसेको बैठकले क्यानडामा भृगु ढुंगाना, कुवेतको लागि दुर्गाप्रसाद भण्डारी र स्वीजरल्याण्डमा मणिप्रसाद भट्टराईलाई राजदूत बनाउन अनुमोदन गरेको हो ।
सरकारले उनीहरुलाई पुस ६ र ९ गते राजदूत सिफारिस गरेको थियो । त्यसमध्ये थाइल्याण्डको लागि राजदूतमा प्रतावित गणेशप्रसाद ढकाल र फ्रान्सको राजदूतमा प्रस्तावित दीपक अधिकारीको यसअघि नै सुनुवाइ भइसकेको छ ।



लाेकपाटी न्यूज

