काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भाइको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै पौडेलले परिवार र समाजकै भरोसाका रुपमा भाइ गोविन्दराज पौडेललाई सम्झिएका छन्। उनको आज बिहान निधन भएको छ।
नेता पौडेलले लेखेका छन्,‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए। मेरो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महशुस गरेको छु। प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु।’
नेता पौडेलका भाइको निधनपछि नेपाली कांग्रेसले सोमबारको लागि डाकेको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।



लोकपाटी न्यूज

