कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएकोले बैठक स्थगित गरिएको बताए। पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो। बैठकमा पेश गर्ने एजेण्डाबारे आइतबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो।

केन्द्रीय कार्यसमिति बैठकका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्ने समय आजसम्म थियो। आजको बैठकले क्रियाशील बाँड्ने समय थप गर्ने बताइएको थियो। अर्को बैठक तय भएको छैन।