काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी ६८ जिल्लामा विस्तार गरेको छ।
प्रदेश नम्बर एकका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुङ्गामा मात्रै समानान्तर जिल्ला कमिटी घोषणा बाँकी रहेको नेपाल समूहले जनाएको छ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपूर्व ४२ जिल्लामा आफ्नो समूहको नेतृत्व रहेको जिकिर गर्दै आएका छन्। ती जिल्लाहरूमा पुरानै नेतृत्व र नभएका ठाउँमा उपाध्यक्ष, सचिव र सहसचिवसमेतको नेतृत्वका समानान्तर जिल्ला घोषणा गरिएको खनाल–नेपाल समूहले जानकारी दिएको छ।
वाग्मती प्रदेशका १३ र सुदूरपश्चिमका ९ वटै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको खनाल नेपाल समूहले जानकारी दिएको छ।
प्रदेश नम्बर २ मा पनि बारा र महोत्तरीमा कमिटी बन्न बाँकी छ। लुम्बिनी प्रदेशका केही जिल्लामा पनि कमिटी बन्ने क्रममा रहेको बताइएको छ। गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्लामा कमिटी घोषणा गर्न बाँकी रहेको उनीहरूले बताएका छन्।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/04/Madhav-nepal-Copy.pdf”]



लोकपाटी न्यूज

