चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन्। अध्यक्ष प्रचण्डले आइतबार भरतपुर महानगरपालिका वडा नम्बर २२ बोटे टोलमा रहेको लोपउन्मुख बोटे जातिको घर अवलोकन गरेका छन्।

महानगर प्रमुख रेनु दाहालसँगै अध्यक्ष प्रचण्ड बोटे जातिको घर अवलोकन गर्न पुगेका हुन्। अध्यक्ष प्रचण्डले बोटे टोलको अवलोकनसँगै उक्त टोलका स्थानीय जनताको घरमा खाना खाएका थिए।




लोकपाटी न्यूज

