बुटवल। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन्। केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि परेकोले त्यस अनुसार नै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने उनको भनाई छ।
तर कुन-कुन दल मिलेर सरकार परिवर्तन हुँदैछ भन्ने बिषयमा भने उनले खुलाएनन्। बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले केन्द्रीय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने उनको जिकिर थियो।
‘प्रदेशमा राजनीतिक छलफल विधि र विधानभित्र बसेर भइरहेकै छ,’ उनले भने, ‘सरकार गठनको छिट्टै निकास निस्कन्छ।’
मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए। उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए।



लोकपाटी न्यूज
