साेमबारबाट सञ्चालनमा आउदैँ केवलकार

manakamana-cable-car
लोकपाटी न्यूज

काठमाडौं। मर्मत सम्भारपछि सोमबारबाट मनकामना केवलकार संचालनमा आउने भएको छ। २३ वर्ष पूरा भएको यो केवलकार तीन चरणमा स्तरोन्नति हुँदैछ।

केवलकार स्तरोन्नतिको पहिलो चरणमध्येको बुल ह्विल वियरिङ नयाँ फेर्न ६ दिन बन्दको निर्णय भएको थियो। तर एक दिन अगावै केवलकार मर्मत गरेर संचालनमा आउन लागेको हो।पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपूर्जाहरु फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही पार्टपूर्जा फेर्ने र अन्तिम चरणमा एनालगबाट डिजिटलमा स्तरोन्नति गरिने कम्पनीले जनायो।

यो वाहेक केवलकार चल्ने मुख्य लठ्ठा पनि फेरिनेछ।कम्युनिकेशन केवललाई सेट्रा केवल र डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरिने छ। दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केवलकार संचालन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्