देउवाले बोलाए पदाधिकारी बैठक

congress_padhadikari
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। कांग्रेस सभापति शेरवहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले पार्टीका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको पनि सहभागिता रहने गरी पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे पश्चात बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्ने उनले बताए। आजको बैठकमा नयाँ सरकार गठनको विषयमा पनि छलफल हुने छ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेसनलाई केन्द्रबीन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ। साथै, माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति पनि तय हुने जनाइएको छ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै दलहरूसँग छलफल सुरू गरेको छ। कांग्रेसले गत शुक्रबार सरकार गठनकै विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको थियो। यद्यपि छलफलले ठोस निष्कर्ष निकाल्न सकेको थिएन।