काठमाडाैँ। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित नक्सामा लिम्पियाधुरा लगायत भूभाग नसमेटिएकोमा आपत्ति जनाएका छन्।
शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा नराखिनुको आशयबारे प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्ने बताए।
‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रमको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’ उनले लेखेका छन्।
राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो?प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ।यसो हुनुको कारण कतै वालुवाटारमा प्र.मं.को विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन?
— Bhim Rawal, PhD (@BhimRawal179) April 10, 2021



लोकपाटी न्यूज

