काठमाडाैँ जिल्लाको मत गणना जारी, विपुल पोख्रेल नेतृत्वको प्यानल अगाडि

patrakar mahasang
लोकपाटी न्यूज

काठमाण्डाै। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ। निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिले सम्म देशका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ। रुकुम पूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो। अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाण्डौ जिल्लाको मत गणना भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार , विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ। पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए। सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाई भएको बताए। देश संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्