आज रङ्गशालामा ‘कोभिड कप फुटबल’ प्रतियाेगिता हुदै

लोकपाटी न्यूज

काठमाडाैँ। दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल’ प्रतियाेगिता हुँदै छ। ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने नाराका साथ जिल्ला सहकारी संघ काठमाडौँ र हेराल्ड मिडियाले प्रतियाेगिता गर्न लागेका हुन्।

खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालय लगायतको सहभागिता हुने बताइएको छ।

कोभिड-१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए। खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्