संसदको कार्यसूचीबाट हट्यो सूचना प्रविधि विधेयक प्रतिवेदन

sansad
२०७४ को चुनावमा निर्वाचित प्रतिनिधिसभा सदस्यहरु
लोकपाटी न्यूज

काठमाडौं। सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेस गर्ने कार्यसूचीबाट हटेको छ। सम्भावित कार्यसूचीमा राखिएको उक्त विधेयक प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रको विरोधपछि कार्यसूचीबाट हटाइएको हो।

स्रोतका अनुसार बिहीवार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा हिउँदे अधिवेशन सकिनै लाग्दा विवादास्पद विषय सदनमा पेश गर्नाले नराम्रो सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त भएको थियो। यद्यपि, केही सांसदले भने समितिबाट पारित भएको प्रतिवेदन सदनमा नै लगेर छलफल गर्नुपर्ने बताएका थिए।

कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज लगाइनेलगायतका विषय प्रतिवेदनमा छ। जुन कार्यमा संलग्न भए ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने कडा प्रावधान राखिएको छ।