सरकार बनाउन माओवादी केन्द्रको कोर्टमा बल छ : डिला संग्रौला

Dila_sangaula
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले नयाँ सरकार बनाउनको लागि अहिले बल नेकपा (माओवादी केन्द्र) को कोर्टमा रहेको बताइन्। सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा मागेको बताउदै उनले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पूनःस्थापना भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा त्यसो नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिन्।