काठमाडौं। माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले कारवाही गरेको छ। अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्।
लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
महरले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको उल्लेख गरेका छन्। संगठनको निर्देशन अटेर गरेको आरोप पनि उनीहरूमाथि छ।



लोकपाटी न्यूज

