काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह फेरि भारत जाने भएका छन्। दार्जिलिङमा परिवार र सहयोगीसहित पुगेर फर्किएका उनी २६ चैत्रमा फेरि भारत जाने भएका हुन्।
यसपटक पूर्वराजा शाह हरिद्वार पुग्दैछन्। त्यहाँ सञ्चालन हुने महाकुम्भ मेलामा सहभागी हुनेछन्। पूर्वराजाको पछिल्लो समय सक्रियता निकै बढेको छ। उनी काठमाडौंबाहिर अधिकांश समय बिताउन थालेका छन्। पूर्वराजा शाह दार्जिलिङमा बढी ओहोरदोहोर गर्न थालेका छन्।
पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाह पनि भारत जाने बताइएको छ। हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ को विशेष समितीको निमन्त्रणामा पूर्वराजा दम्पती चैत्र २६ गते विहिबार त्यसतर्फ जान लागेको शाहाको निजी सचिवालयले जनाएको छ।



लोकपाटी न्यूज

