केपी ओली एमालेको अन्तिम प्रधानमन्त्री हुन् : देवेन्द्रराज कँडेल

Debendra_Kadel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कँडेलले पछिल्ला परिदृश्यले ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने देखिएको बताएका हुन्।

सर्वोच्चको फैसलाबाट दल विभाजन भइसकेपछि संविधानको धारा १०० (२) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै माओवादी केन्द्रले समर्थन फिर्ता लिएन भनेर पन्छिन नपाउने कँडेलले बताए।

सदनमा हिजो ७६ (१) को मान्यता पाएको सरकार सर्वोच्च फैसलासँगै पार्टी विभाजन भई (२) मा झरेको र धारा १०० (२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्रस्तावका रुपमा राख्नुपर्नेमा आजै राख्नुपर्ने बताए।