गाेकुल बास्काेटालाई डिला संग्राैलाकाे प्रश्न :७० कराेडकाे टेप कहाँ पुग्याे ?

Dila sangraula
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले सरकार र भ्रष्टाचार एकअर्कामा परिपुरक भएको दाबी गरेकी छिन्। उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री खरिदमा ओम्नी कम्पनीलाई ठेक्का दिएर ठूलो रकम भ्रष्टाचार गरेको उल्लेख गरिन्।

‘पूर्व सञ्चारमन्त्रीले भन्नुभएको ७० करोडको टेप पनि कहाँ पुग्यो थाहा छैन, यस्ता धेरै भ्रष्टाचारका विषयमा सरकारले केही कारबाही गर्न सकेको छैन,’ डा.संग्रौलाले भनिन्।