एमालेमा लागेर मन्त्री बनेको १० दिनमा आङ्बुहाङको सांसद पद खोसियो

tanka-angbohang
लोकपाटी न्यूज

मोरङ। एमालेमा लागेर मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सांसद टङ्क आङ्बुहाङको सांसद पद खारेज भएको छ। पार्टी परित्याग गर्दै प्रदेश मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेकोमा उनले स्पष्टीकरण बुझाएका थिएनन् ।

angabuhang-patra-1