काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बाँस्कोटाले राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको बताए।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ?’ बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’
अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए। जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हो? भनी उनले प्रश्न गरे। ‘विकास गर्ने प्रतिगमन र जनताको बीचमा जाने प्रतिगमन यहाँ भइरहन्छ,’ उनले भने, ‘निकास दिन नदिने हो भने ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम नै ठीक छ।’ चुनाव देख्नासाथ फोबिया हुनेहरुले प्रतिगमनको नारा लगाएको उनले बताए।



लोकपाटी न्यूज

