काठमाडौं, ७ माघ । आज चन्द्रग्रहण लाग्दैछ । आज लाग्ने चन्द्रग्रहण सन् २०१९ को पहिलो चन्द्रग्रहण हो । चन्द्रग्रहण राति ९ बजेर १८ मिनेट ५४ सेकेण्डबाट सुरु भई मध्यरातको १२ बजेर ३५ मिनेट ३९ सेकेण्डसम्म रहने छ ।
खगोलविद्हरुका अनुसार चन्द्रग्रहण नेपालका सबै स्थानहरुबाट हेर्न सकिने छ । ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।
दुरबीनलगायतका उपकरण प्रयोग गरेर ग्रहण अवलोकन गर्न उनीहरुले सुझाव दिए । खाली आँखाले नहेर्न उनीहरुले सुझाव दिएका छन् । चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ ।



लाेकपाटी न्यूज

