राजनीतिले कोल्टे फेरेको छ, छिटै नयाँ सरकार बन्छ : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

कपिलवस्तु। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन्। शनिबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको राजनीति परिस्थितिले कोल्टे फेरेकोले सम्भवतः छिटै नयाँ सरकार बन्ने बताएका हुन्।

‘हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो, खासगरी कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ उनले भने, ‘सम्भवतः छिटै नयाँ सरकार बन्नेछ। नयाँ परिस्थिति बन्नेछ।’

शुक्रबार कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको थियो।