काठमाडौं। नेकपा एमालेका तर्फबाट समानुपातिक सांसदमा निर्वाचित जानकी देवी रामले आज पद तथा गोपनियताको शपथ लिने भएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा जानकी देवीलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) तर्फबाट निर्वाचित सांसद सानु सिवा पहाडीको निधन भएपछि रिक्त स्थानमा जानकी देवी रामलाई निर्वाचित गरिएको हो। नेकपा-एमालेकी ताप्लेजुङ निवासी सांसद सिवाको असोज २८ गते निधन भएको हो।
जानकी देवी राम सिरहा निवासी हुन्। समानुपातिक प्रणालीतर्फ कुनै कारणले पद रिक्त हुन गएमा सम्बन्धित दलबाट बुझाइएको समानुपातिक सूचिको सोहि समूहको त्यसपछिको क्रमसंख्यामा रहेको उम्मेदवारलाई सांसद बनाउने व्यवस्था छ।



लोकपाटी न्यूज

