काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिएका छन्।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याए। उनले भने, ‘ छोड्नुहुन्न भने हामी हटाउँछौं। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’



लोकपाटी न्यूज

