बाबुराम भट्टराईले गरे काँग्रेस बैठकको निणर्यको प्रशंसा

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रसको निर्णयको सह्रानीय गरेका छन्। भट्टराईले वैकल्पिक सरकार बनाउन अग्रसरता दिने काँग्रेसको निर्णय सह्रानीय भएको प्रतिक्रिया दिएका हुन्।

शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहका भट्टराईले ट्वीटमार्फत् प्रतिपक्षीय धर्म निभाउने काँग्रेसको संकेत सह्रानीय भएको बताए। उनले ट्वीटरमा उल्लेख गरेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी काँग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सर्हानीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।

यस्तै, भट्टराईले आआफ्ना दलका फरक एजेण्डा भए प्रधानमन्त्रीबाट ओलीको विदाइ मुख्य प्रथमिकतका भएको बताएो उल्लेख गरेका छन्। आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है, उनले भने ।

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो।

 

Capture