कांग्रेस निर्वाचन समितिका संयोजक अधिकारीले दिए राजीनामा

Radhesyam adhikari
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन्। शुक्रबार सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा संयोजक पदबाट राजीनामा दिएका हुन्।

अधिकारी संयोजक रहेको समितिले शुक्रबारको बैठकमा ७६ वटा जिल्लाको संगठन पुनर्संरचना र समायोजनसम्बन्धी काम पूरा गरेको भन्दै प्रतिवेदन बुझाएको थियो। सिन्धुपाल्चोक जिल्लाको भने समायोजनसम्बन्धी काम पूरा नभएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

अधिकारी संयोजक रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा एकराज पोखरेल, सीताराम केसी, खम्बसिंह खाती र गोपीकृष्ण घिमिरे सदस्य छन्।

यही समितिलाई पार्टीले ७७ जिल्लाको समायोजनको काम टुंगो लगाउने जिम्मेवारी सुम्पेको थियो। राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि नमानेपछि अधिकारीको राजीनामा स्वीकृत गरिएको एक जना केन्द्रीय सदस्यले जानकारी दिए।