स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्दै कांग्रेसले गर्‍याे मेलम्चीकाे स्वागत

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्दै मेलम्चीलाई स्वागत गरेको छ। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने उद्घोष गरेको परियोजना साकार भएको जनाएको छ।

“यो घडि नेपाली कांग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीमा विशेष बधाई ज्ञापन गर्दछ,” कांग्रेसले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्त्वपूर्ण योगदान त पुर्याउदैछ नै सँगैमा यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ।”

नेपाली कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन दुई दशकभन्दा धेरै समय लागे पनि यो सफलताले उपत्यकावासीलाई खुसी बताएको कांग्रेसले बताएको छ।

परियोजना सफलल हुनुमा सक्षम इन्जिनियर, आर्थिक र भौतिक सहयोग गर्ने वैदेशिक हातहरु, सरकार एवं राष्ट्रसेवक कर्मचारी, श्रमिक, सुरुङ्ग निर्माण सिलसिलामा दुर्घटनामा जीवन गुमाएका इन्जिनियर र श्रमिक तथा सिन्धुपाल्चोक जिल्लाबासी एवं मुलत मेलम्चीका स्थानीय नागरिकको योगदान रहेको बताएको छ।