ओलीको अघि नैतिकताको मूल्य छैन : योगेश भट्टराई

yogesh-bhattarai
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही गरेकोमा नेता योगेश भट्टराईले आक्रोश व्यक्त गरेका छन्। पाण्डे र भुसाललाई निलम्बन गरेकोमा नेता भट्टराईले ‘भद्दा मजाक’को संज्ञा दिएका छन्।

बिहीबार अध्यक्ष ओलीले नेता द्वयलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै नेता भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवान माथि कारबाही हुने गरेको टिप्पणी गरे। साथै मूर्ख भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुने गरेको बताए। एमाले अध्यक्ष ओलीले बिहीबार नेता भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि भट्टराईको यस्तो टिप्पणी आएको हो।

नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल: विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ। मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्। कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ।’