काठमाडौं। नेकपा एमालेकी प्रमुख सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालकै इतिहासमा ठूलो काम गरेको बताएकी छन्। उनले देशभर रेल र सुरुङमार्ग बनेको धरहरा ठडिएको बताउँदै विकासले तीव्रता पाइरहेका बेला बिनाकारण सरकारको आलोचना गरिएको बताइन्।
उनले नेपालमा अब कुनै पनि भूमिगत र हिंसात्मक समूह नरहेको बताएकी छन्। उनले सरकारले अहिलेसम्मको इतिहासमै ठूलो काम गरेको भन्दै कामलाई सलाम गर्ने बताइन्।
चौधरीले विशेष समयमा बोल्दै ओली नेतृत्वको सरकारले देशका सबै पालिकामा अस्पताल पु¥याएको, सडक विस्तारले छलाङ मारेको र सामाजिक सुरक्षा भत्ता पनि बढाएको तर्क गरिन्। उनले कोरोनाविरुद्धको खोप पनि अन्य देशमा भन्दा छिटो ल्याएर सरकारले नागरिकप्रतिको जिम्मेवारी पूरा गरेको बताइन्।



लोकपाटी न्यूज

