घनश्याम भुषालले चुनाव जित्यो कि फुटमा सक्रिय भइहाल्छन् : सूर्य थापा

surya
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता घनश्याम भुषाल पार्टी फुटमा लागेको आरोप लगाएका छन्। भुषाल निर्वाचन जितेसँगैं पार्टी फुटमा लाग्ने गरेको थापाले आरोप लगाए।

थापाले लेखेका छन्, ‘भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो दुवै निर्वाचन जितेपछि पार्टी फुटमा लाग्नुभयो।’

बुधबार ट्विट गर्दै थापाले २०५१ को उपनिर्वाचन जितेपछि ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपरेको स्मरण गरेका छन्। ‘त्यस्तै ०७४ मा चुनाव जितेपछि ०७७ पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो’, थापाले लेखेका छन्।

चुनाव जित्यो कि फुटमा सक्रिय हुने संयोग कि नियति ? भन्दै थापाले प्रश्न गरेका छन्।एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नीति विपरित काम गरेको भन्दै भुषाललगायत ४ नेतालाई स्पष्टीकरण सोधेका थिए। भुषालले एमाले फुटाउन सक्रिय भूमिका खेलेको अध्यक्ष ओली पक्षका नेताको आरोप छ। यता भुषलले भने ओली नै पार्टी फुटाउन लागि पारेको स्पष्ट पारेका छन्।