काठमाडौं। नेकपा एमालेले रिक्त रहेको एक समानुपातिक सांसदमा जानकीदेवी रामलाई नियुक्त गर्ने निर्णय गरेको छ। सिरहाकी रामलाई सानू शिवाको ठाउँमा सांसद बनाउने निर्णय भएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।
समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सानु शिवाको मृत्यु भएपछि उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाइएको छ। प्रमुख सचेतक भट्टराईले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको जानकारी दिए।
केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई सांसद मनोनीत गर्ने र हटाउने अधिकार प्रत्यायोजन गरेको थियो। सोही अधिकार प्रयोग गरेर ओलीले रामलाई सांसदमा सिफारिस गरेका हुन्। पहिले यस्ता निर्णय केन्द्रीय कमिटीबाट हुने गर्दथे।



लोकपाटी न्यूज

