काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्ने फैसला चाँडै पुनरावलोकन गर्ने विश्वास व्यक्त गरेका छन्। एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध न्यायिक पुनरावलोकन गरेर फर्किने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वास्त रहेको बताए।
प्रचण्डले राजनीतिक स्थायित्वको लागि पनि अदालतले चाँडो यसको पुनरावलोकन गर्नुपर्ने बताए। उनले भने, ‘विगतमा पनि यस्ता मुद्दा पुनरावलोकन भएका छन्। एकताबद्ध भइसकेका दलहरुलाई विभाजित गर्ने फैसला सर्वोच्च अदालतले सच्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’
रिट निवेदकले नै पार्टी एकता टुटोस् भन्ने मनासयले निवेदन दर्ता नगरेकोले सर्वोच्चको फैसला रिट निवेदकको चाहनाभन्दा बाहिरबाट आएको प्रचण्डको भनाई छ। ‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहेका थिएनन्, निवेदकको निवेदकको चाहनाभन्दा बाहिरबाट फैसला आयो,’ उनले भने।
उनले अदालतको फैसला अस्वभाविक र अप्राकृतिक भएको बताउँदै त्यसमा आफूहरुको असहमति रहेको बताए। ‘आज म पहिलोपटक अदालतको फैसला त्यो पार्टीको नामसम्बन्धी जुन फैसला भयो। त्यो स्वभाविक, प्राकृतिक भएन राजीतिक प्रकृतिको भयो। त्यसमा पुनरावलोकन गर्नुपर्यो भनेर मैले निवेदन दर्ता गराएको छु,’ प्रचण्डले भने।



लोकपाटी न्यूज

