कांग्रेस पूर्वसांसद भण्डारीको निधन

Nepali Congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन भएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका निवासी भण्डारीको ७१ वर्षको उमेरमा सोमबार बिहान उपचारका क्रममा निधन भएको हो।

दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सांसद बनेकी भण्डारीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ।