बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

बझाङ। बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर ६ की १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेवापत ३१ वर्षका शिक्षक पक्राउ परेका छन्। वडा नम्बर ६ नौरास्थित भवानी माध्यमिक विद्यालयमा अध्यनरत बालिकालाई सोही विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

शनिबार एक्लै पानी भर्न गएकी बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको र तिनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्