अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा

Ranjit-Tamang
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। शनिबार बसेको अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय विस्तारित बैठकले आगामी असोज ८ गतेदेखि १० गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।

त्यसअघि भने क्रान्तिकारीले संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। बैठकले संगठन विस्तार तथा शुद्धीकरणका लागि अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष दिपेश पुनले जानकारी दिए। अभियानका लागि सातवटै प्रदेशमा कमाण्डर तोकिएको छ।

जसमा प्रदेश १ मा तिलकराज भण्डारी, प्रदेश २ मा दीपक देवकोटा र वागमतीमा उत्तम अधिकारी गण्डकीमा सुरेन्द्र बस्नेत, लुम्बिनीमा ईन्द्र भुसाल, कर्णालीमा दिपेश पुन र सुदूरपश्चिममा विजय गौतम छन्। फागुन २३ मा सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि चैत १२ मा अखिल क्रान्तिकारीको पदाधिकारी बैठक बसेको छ।

बैठकले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) पुनःस्थापित हुने र नेतृत्व रञ्जित तामाङले गर्ने निर्णय गरेको थियो। अनेरास्ववियू (क्रान्तिकारी) को तत्कालीन केन्द्रीय कमिटी एक सय ५७ सदस्यीय छ।