बुटवल। नेकपा माओवादी केन्द्रबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यले स्पष्टीकरण दिएका छैनन्। लुम्बिनी प्रदेशमा माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यहरुले पार्टीलाई स्पष्टीकरण पत्रको जवाफ दिएका छैनन्।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र यही १२ गते पठाएको थियो। स्पष्टीकरणको कुनै अर्थ नरहेको भन्दै उनीहरुले जवाफ नदिएका हुन्।
आज सम्म पनि जवाफ नदिएपछि कानुनी प्रकृया अगाडि बढाउने तयारी भएको पार्टीको संसदीय दलको बैठकले प्रमुख सचेतक तुलाराम घर्तीले बताए। माओवादीले छाडेर एमालेतिर लाग्ने दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को २ बाट विजेता हुन् भने दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ को २ वाट विजेता हुन् ।



लोकपाटी न्यूज

