सुर्खेत। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले घरभित्रै बसेर होली पर्व मनाउन आग्रह गरेको छ।
प्रशासनले शनिबार एक सूचना जारी गर्दै भिडभाड नगर्न र मास्क, सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत श्रीशम्सेर रानामगरले जारी गरेको सूचनामा घरपरिवारभित्रै होली मनाउन आग्रह गरिएको छ।



लोकपाटी न्यूज

