काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने आश्वासन दिएको बताएका छन्। शनिबार वृहत नागरिक आन्दोलनले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन्।
उनले भने,‘हामी हाम्रो एजेण्डामा अडिग छौँ। माग सम्बोधन भएपछि मात्रै हामी कसलाई सहयोग गर्ने भन्नेबारे पार्टीबाट संस्थागत निर्णय गछौँ। प्रधानमन्त्री ओलीले सहयोग गर्ने आश्वासन दिनु भएको छ।’
उनले आफूहरूका माग सम्बोधन भएपछि मात्रै कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने बताए। सत्ता संकट परेको बेलामा मात्रै ठूला भनिएका दलहरूलाई मधेशवादी दल चाहिने भन्दै ठाकुरले आफूहरूले अब विश्वास गर्न लिखित सम्झौता चाहिने बताए।
सत्तारुढ दल नेकपा एमालेभित्रको आपसी लडाइँले अहिलेको राजनीतिक संकट उत्पन्न भएको बताए। उनले आफूहरूका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाउने दललाई सत्ता समीकरणमा सहयोग गर्ने बताएका छन्।



लोकपाटी न्यूज

