ओलीलाई कांग्रेसले विश्वासको मत दिन सक्दैन : रिजाल

minendra-rijal01
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताएका छन्। बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको छलफलमा नेता रिजालले वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको सुरुदेखि नै विश्वास नगरेको बताए।

भोलिका दिन प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने उनले बताए। तर वर्तमान प्रधानमन्त्री ओलीले चाहना गठबन्धनको सरकार बनाउनेभन्दा पनि संसदको ठूलो दलको हैसियतमा ७६(३) को सरकार बनाएर चुनावमा जाने भएको बताए।