काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी कार्यालय सानेपामा सुरु

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो। बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बुझिएको छ।

मस्तिष्काघात कारण शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएका जोशीको पार्थिव शरीर आजै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिँदैछ। जोशी इमान्दार नेताका रुपमा परिचित थिए।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो। स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिलका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।