नेत्री झाँक्री भन्छिन्, सम्पूर्ण शक्ति र सामर्थ्य लगाएर आन्दोलनलाई विसर्जन हुनबाट बचाउछाै

Ramkumari jhakri
लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल (खनाल-नेपाल) पक्षकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहंकार र घमन्डलाई पचाएर भएपनि पार्टी बचाउने संकल्प लिएको बताएकी छन्।

शनिवार एक ट्वीट गर्दै उनले पार्टी भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने भन्दै पार्टी र आन्दोलनलाई विसर्जन हुनबाट बचाउनु अहिलेको युगिन दायित्व भएको बताइन्।

उनले लेखेकी छन्, दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैँस चढ्दो छ। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ।

लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो।

शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा खनाल-नेपाल पक्षका सांसदहरू पनि उपस्थित भएपछि अब पार्टी विभाजन नहुने तर्क भइरहेको बेला झाँक्रीले यस्तो बताएकी हुन्।