कांग्रेस नेता जोशीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

prachanda-2
लोकपाटी न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा दुख व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष प्रचण्डले जोशीको निधन भएको खबरले दुःख लागेको बताएका छन्।

प्रचण्डले दिवङ्गत नेता जोशीप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

प्रचण्डले लेखेका छन्,’नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको हिजो राति नर्भिक अस्पतालमा निधन भएको खबरले दुःख लागेको छ। दिवङ्गत नेता जोशीप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

जोशीको शुक्रबार राति उपचारका क्रममा नर्भिक इन्टरनेशनल हस्पिटलमा निधन भएको थियो। उच्च रक्तचापका कारण मस्तिष्कघात भएलगत्तै सुरुमा वीर अस्पताल र पछि थापाथालीस्थित नर्भिक अस्पतालमा लगिएको थियो। ५७ वर्षीय जोशीको मस्तिष्कमा रगत जमेपछि शल्यक्रियासमेत गरिएको थियो।