कोरोनाबाट एकै दिन ४ को मृत्यु : कति संक्रमित थपिए ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ४१६ जनाको पिसिआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ। २४ घण्टामा ७० जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ। जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्