काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध र एकढिक्का बनाएर लैजान २०७५ जेठ २ गतेको अवस्थामा फर्किन अध्यक्ष ओलीसँग आग्रह गरेका छन्। नेकपा एमालेको संसदीय दलको बैठकमा नेता खनालले यस्तो बताएका हुन्।
खनालले विधि विधानभन्दा बाहिर गएर गरिएका निर्णयहरु खारेज गर्दै जेठ २ मा फर्किनुपर्ने बताए। बैठकमा खनालले दलको नयाँ विधानप्रति समेत आपत्ति जनाएका थिए।
खनालले बैठकमा सर्वोच्चको फैसलाले एमाले पूर्ववत् अवस्थामा फर्किएको भन्दै ‘केन्द्रीय कमिटीदेखि सवै कमिटिहरुको बैठक आयोजना गर्नुपर्ने बताएका थिए।
उनले यो बीचमा गरेका निर्णयहरु खारेज गर्नु पर्ने बैठकमा धारणा राखेका थिए। संसदीय दलको बैठक नसकिदै नेता झलनाथ खनाल आफनो धारण राखेर बाहिरिएका छन्।



लोकपाटी न्यूज

