एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा प्याकुरेल

suman_pyakurel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन्। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेता प्याकुरेललाई राष्ट्रियसभाको दलको नेता तोकेका हुन्। सांसद प्याकुरेल प्रधानमन्त्री ओली निकट छन्। उनले ओलीका कदमका बचाउ गर्दै आएका छन्।

तत्कालीन नेकपामा राष्ट्रियसभा दलको नेता दीनानाथ शर्मा थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि उनी माओवादीमा नै रहे । ओलीले प्याकुरेललाई आज दलकाे नेता बनाएका हुन् ।