संसदीय दलको बैठकमा जाने माधव नेपाल समूहको निर्णय

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी हुने भएको छ। अध्यक्ष ओलीले आज अपराह्न ३ बजेका लागि बोलाएको दलको बैठकमा नेपाल समूहका नेता जाने भएका हुन्।

नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठकमा जाने कि नजाने भनेर छलफल गर्न आज बैठक बसेको थियो। बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो।

नेपाल समूहका नेताहरूको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए। यसअघि, ओलीले बोलाएको बैठकमा सहभागी नहुने नेपाल समूहले बताउँदै आएको थियो।