हाच्छिउँ रोक्नु प्राणघातक, यस्ता छन् ७ रोचक तथ्य

hachhchu
लाेकपाटी न्यूज

काठमाडौं । हाच्छिउँ रोक्नु हाम्रालागि प्राणघातक हुन सक्छ । डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि हामीले नाक र मुख बन्द गर्यौ भने गम्भीर चोट लाग्न सक्छ ।

इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका तथ्य बाहिर आयो ।

साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले भनेका छन्, जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ । यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ ।

३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको र त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भएको बताए । उनलाई खानेकुरा निल्न र बोल्न समेत गाह्रो भयो । डाक्टरल परीक्षण गर्दा उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो ।

ती युवकको एक्सरे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो । घाँटीमा सुधार नआउन्जेल ती व्यक्तिले एक सातासम्म नलीको सहयोगबाट खाना खानुपर्‍याेन।

लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका अनुसार नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ । विशेषज्ञहरुले बताए अनुसार हाच्छिउँबाट रोगहरु फैलिन सक्छ, तर कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो मानिन्छ ।

सर्वत्र फ्लु फैलिएको बेला पब्लिक हेल्थ इंग्ल्यान्डले खोक्दा वा हाच्छिउँ गर्दा सबैले रूमाल वा कपडाले मुख ढाक्नुपर्छ भनेर प्रोत्साहित गरेको छ । हाच्छिउँ सम्बन्धी केहि रोचक तथ्यहरु यस्ताछन् ।

१. हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोको कणको गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ ।

२. हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।

३. हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ ।

४. धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ । चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।

५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ ।

६.हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७. हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्